सोमबार, फागुन २४, २०७७

बिभिन्न सुनका गहना सहित पक्राउ

ज्योतिन्यूज २०७७ असोज ११ गते १६:३५

कञ्चनपुर, ११ असोज

पुनर्बास नगरपालिका-११ डोकेबजारबाट करिब ४ सय ४० ग्राम ६ सय ३० मिलीग्राम सुनका विभिन्न गहना सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा डोटी केआई सिह गाउँपालिका-२ बस्ने २२ वर्षीय मोहन कामी र सोही ठाउँ बस्ने १९ वर्षीय सुनिल भुजेल रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र ईलाका प्रहरी कार्यालय त्रिभुबन बस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त सुनका गहना सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया