पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ज्योतिन्यूज
२०७७ असोज ११ गते १६:४८
पाल्पा, ११ असोज
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-५ ओखलढुङ्गा बस्ने ४५ वर्षीय ईन्द्र बहादुर घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई घरमा कोही नभएको अवस्थामा मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै ती किशोरीलाई बिहीबार जबरजस्ती करणी गर्ने अर्का ४२ वर्षीय पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया