शुक्रबार, वैशाख ३१, २०७८

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा

ज्योतिन्यूज २०७७ असोज ११ गते २१:५७

काठमाडौँ, ११ असोज ।
प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उहां स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै क्वारेन्टाइनमा बस्नुभएको जानकारी दिइएको छ ।रासस

प्रतिक्रिया