आइतबार, फागुन १६, २०७७

पायलको प्रश्न : मलाई बलात्कार गर्नेलाई किन पक्राउ नगरेको ?

ज्योतिन्यूज २०७७ असोज १२ गते १२:१३

मुम्बई । निर्देशक अनुराग कश्यममाथी यौन शोषणको आरोव लगाएकी मोडल पायल घोषले मुम्बई प्रहरीले बलात्कारमा संलग्नलाई पक्राउ नगरेको आरोप लगाएकी छिन् । अनुराग विरुद्ध प्रहरीमा उजुरी दिएकी पायलले लामो समयमम्म पनि प्रहरीले आरोपितलाई पक्राउ नगरेको भन्दै रोष व्यक्त गरेकी छिन् ।

उनले आफ्ना वकिललाई प्रहरी कार्यालयमा किन पक्राउ नगरेको भनेर प्रश्न गर्न पठाइन् पनि तर, प्रहरीले चित्त बुझ्दो जवाफ दिएन ।

प्रहरीले चित्त बुझ्दो जवाफ नदिएपछि पायलले भनिन् ‘यदी बलात्कारी गरिब भएको भए प्रहरीले तत्कालै पक्राउ गथ्र्यो । तर, धनीलाई पक्राउ गर्दो रहेनछ ।’

पायलले केही अघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई सम्बोधन गर्दै ट्विट मार्फत न्यायको अपिल गरेकी थिइन् । अनुरागले भने पायलको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

प्रतिक्रिया