१३५१ जनामा कोरोना संक्रमण पुष्टि
ज्योतिन्यूज
२०७७ असोज १२ गते १७:२४
१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ४८१ जनाको मृत्यु भएको छ भने ५४ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशरभमा १९ हजार ६२४ संक्रिय संक्रमित छन् । १० हजार ९२९ जना होम आइसोेलेसनमा छन् भने ८ हजार ६९५ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २२५ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया