मंगलबार, असार ८, २०७८

बाघको आक्रमणबाट एक जनाको मृत्यु

ज्योतिन्यूज २०७७ असोज १२ गते १८:२६

चितवन, १२ असोज

खैरहनी नगरपालिका-१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा रत्ननगर नगरपालिका-६ बछौली बस्ने ६० वर्षीय  बबना चौधरीको बाघको आक्रमबाट सोमबार बिहान मृत्यु भएको छ ।

घाँस काट्न गएकी उनलाई बाघले आक्रमण गरी जंगलतर्फ लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर टाढा घाँसे मैदानमा उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया