शुक्रबार, कार्तिक ५, २०७८

आर्मेनिया-अजरबैजानको लडाई विवाद दशकौं पुरानो

ज्योतिन्यूज २०७७ असोज १२ गते २१:४१

टर्की-रसिया-इरान पनि सक्रिय, नागोर्नो-काराबाख विवाद दशकौं पुरानो हो
एजेन्सी
अर्मेनिया र अजरबैजान बीच दशकौं पुरानो सीमा विवाद आइतबार देखि चर्किएको छ ।आर्मेनिया र अजरबैजान फेरी एकपल्ट विवादास्पद नागोरोनो-काराबाखलाई लिएर युद्धको मैदानमा होमिएका छन्, त्यहाँ हेलिकप्टर र ट्यांकहरूलाई ध्वस्त पारिएको खबर आएको छ।
दुबै पक्षमा सैनिक र नागरिकको हताहत भएको छ। हालसम्म २३ व्यक्तिको मृत्यु भएको बताइएको छ।आइतबार नियन्त्रण रेखामा जुन तरिकाले भारी हतियारहरू प्रयोग भएका थिए त्यसलाई हेर्दा विगतका वर्षहरूमा भएका झडप मध्ये यो सबैभन्दा ठूलो झडप मानिन्छ ।
यी देशको विवादमा टर्कीका राष्ट्रपति रेचेप तैय्यव अर्दोआनले अजरबैजानको समर्थन गर्ने घोषणा गरेका छन् भने रूसले दुबै देशलाई तत्काल युद्दविराम गरेर संयमता अपनाउदै शान्तिपूर्ण बार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।
अर्कोतर्फ, अमेरिकाले दुबै देशलाई तुरुन्त लडाई रोक्न र विवादास्पद बयान र कार्यहरू नगर्न आग्रह गरेको छ।
फ्रान्सले दुबै देशलाई युद्धविराम र वार्ता गर्न अनुरोध गरेको छ। जवकी फ्रान्समा ठूलो संख्यामा अर्मेनियाई समुदाय छ।इरान, जो दुबै देश अजरबैजान र अर्मेनियाको सीमामा पर्दछ उसले दुई देश बीच शान्ति स्थापना गर्न मध्यस्थ भूमिका खेल्ने प्रस्ताव गरेको छ ।उता अजरबैजानका राष्ट्रपति इलहाम अलीएभले आइतबार उक्त क्षेत्रको नियन्त्रण पुनः प्राप्त गर्न सक्षम हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

यस पटक झगडा कसरी सुरु भयो?

अर्मेनियाका रक्षामन्त्रीले आइतवार स्थानीय समय अनुसार बिहान ८.१० यसको राजधानी स्टेपनेकार्टलगायत नागोर्नो-काराबाखमा धेरैवटा बस्तीहरूमा आक्रमण गरिएको बताएका छन् ।यसपछि अधिकारीहरूले भने कि त्यो आक्रमणबाट एक महिला र एक बच्चाको मृत्यु भएको छ। नागोर्नो-काराबाखमा अलगाववादी समूहले सो हमलाबाट आफ्ना करीव १६ जना मानिस मारिएका र करीव सय घाइते भएको बताएको छ ।आर्मेनियाले भने यसले दुई हेलिकप्टर र तीन ड्रोन खसालेको छ भने तीन ट्यांक ध्वस्त पारेको
बताएको छ । अहिले अर्मेनियाली सरकारले नागोर्नो-काराबाखमा मार्शल कानून लागू गर्ने घोषणा गर्दै देशभर मार्शल कानून लागू गरेर देशभर सेना खटाएको छ ।

अर्मेनियालीका प्रधानमन्त्री निकोल पसिन्न्यानले अजरबैजानलाई योजनाबद्ध हमला गरेको आरोप लगाउँदै जनतालाई ;आफ्नो पवित्र भूमि रक्षा गर्नको लागि तयार हुन आह्वान गरेका छन् । उनले चेतावनी दिदै भने कि त्यो क्षेत्र एक ठूलो युद्धको कगारमा छ र त्यहाँ टर्कीले आक्रामक व्यवहार गरेको आरोप लगाए । साथै अन्तर्राष्ट्रिय समुदायलाई यस क्षेत्रमा हुने कुनैपनि अस्थिरता रोक्न एकजुट हुन आह्वान गरे । उता अजरबैजानका रक्षामन्त्रीले भने एउटा हेलिकप्टर हराएको पुष्टि गर्दै चालक भने बाँचेकोबताएका छन् । उनले यो पनि भनेका छन् कि आर्मेनियालाइ १२ वटा हवाई रक्षा प्रणालीको नेक्सान भएको छ । यद्यपि आर्मेनियाले दावी गरेको क्षतिको भने अजरबैजानका रक्षामन्त्रीले अस्वीकार गरेका छन् ।
राष्ट्रपति अलिएभले देशलाई सम्बोधन गर्दै भने कि उनले अर्मेनियाली सेनाको हमलाको जवाफमाठूला बदलाको आदेश दिएका छन । एउटा टेलिभिजन सम्बोधनमा उनले भने, आर्मेनियाले कब्जा गरेको अजरबैजानको आवासीय क्षेत्र अब स्वतन्त्र भएको छ ।
उनले भने,;म पक्का छु कि हाम्रो जवाफी हमलाबाट ३० बर्षदेखि जुन अन्याय भएके छ त्यो अव अन्त्य हुनेछ।अर्मेनियाली सेनाको प्रारम्भिक इन्कारपछि नागोरोनो-काराबाखका राष्ट्रपति अरइक हरातुन्यानलेअफ्नो केही क्षेत्र गुमाएको कुरा पुष्टि गरेका छन् ।
विविसीबाट

प्रतिक्रिया