बुधबार, कार्तिक ३, २०७८

आज विद्युत कहाँ कहाँ काटिदैछ ?

ज्योतिन्यूज २०७७ असोज १३ गते ७:४७

काठमाडौँ, असोज १३ गते । आज (मंगलबार) बिहान काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बिजुली बन्द गरिने भएको हो। यसअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार वैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

साथै प्राधिकरणको सूचनामा भनिएको छ- ‘ग्राहक वर्गमा पर्न गएका असुविधाप्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीका लागि अनुरोध छ।’

प्रतिक्रिया