शुक्रबार, असार ४, २०७८

होटल सञ्चालन गरी असामाजिक काम गर्ने दुई जना प्रहरी फन्दामा

ज्योतिन्यूज २०७७ असोज १३ गते १२:०३

१३ असोज, ताप्लेजुङ – होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असोज १० गते पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका दुबै जनाको नाम भने गोप्य राखिएको छ ।

प्रतिक्रिया