आइतबार, जेठ २, २०७८

मंगलवार थपिए १५१३ जना संक्रमित

ज्योतिन्यूज २०७७ असोज १३ गते १६:२३

१३ असोज, काठमाडौँ । मंगलबार देशभर १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७३१ जना वितेको २४ घण्टामा निको भई घर गएका छन् । त्यसैगरी यस अवधिमा १० जनाले यस महामारीको कारण ज्यान गुमााएका छन् ।
यस सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ७६ हजार २५८ जना पुगेको छ भने निको हुनेहरुको संख्या ५५ हजार ३७१ जना निकोे भएका छन् । त्यस्तै निधन हुनेहरुको संख्या ४९१ पुगेको छ । हाल देशभर ५७७८ जना क्वारेन्टीनमा रहेका छन् भने विभिन्न आइसोलेसनमा रहनेहरुको संख्या २० हजार ३९६ पुगेको छ ।

प्रतिक्रिया