शनिबार, वैशाख ४, २०७८

तनहुँमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ज्योतिन्यूज २०७७ असोज १३ गते १८:५५

काठमाडौं, १३ असोज ।
तनहुँ, ११ वर्षीया बालिलकालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दे गाउँपालिका-१ मान्द्रे बस्ने ३२ वर्षीय राम सुनारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनारले ती बालिकालाई सोही ठाउँस्थित खाली घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ४१ वर्षीय पुष्कर कार्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले शुक्रबार ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट थानाभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया