बुधबार, असार ९, २०७८

स्थानीय विकास प्रशिक्षण केन्द्रहरु अब प्रदेश मातहतमा

ज्योतिन्यूज २०७७ असोज १३ गते २१:४८

१३ असोज, काठमाडौँ ।
संघीय सरकारले स्थानीय स्तरमा स्थापना गरिएका स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानहरु प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै २०५० सालमा तत्कालिन स्थानीय निकायको प्रशासकिय तथा व्यवस्थापकिय दक्षता अभिवृद्धि गर्ने उद्धेश्यले स्थापना गरिएका प्रतिष्ठान अब प्रदेश सरकार मातहत रहने जनाएको हो । उक्त प्रतिष्ठान अन्तर्गत विभिन्न जिल्लामा ७ वटा क्षेत्रीय प्रशिक्षण केन्द्रहरु रहेका थिए ।
संविधानले तोकेको तहगत सरकारका क्षेत्राधिकारको प्रभावकारी कार्यान्वयन गर्न तथा निम्ती तीनै तहमा रहेका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास गर्ने काम प्रभावकारी बनाउने गरी २०७६ फाल्गुण ५ गते मन्त्रिपरिषदको निर्णयले प्रतिष्ठानहरु सम्बन्धित प्रदेश मातहतमा रहने व्यवस्था गरेको थियो । जस अनुससिार प्रदेश भित्रका स्थानीय सरकारहरुको क्षमता विकासमा प्रतिष्ठानलाई उपयोग गर्न सकिने भएको छ । यो निर्णय सोमबार देखि कार्यान्वयनमा आएकोे हो ।

यस अन्तर्गत ग्रामिण विकास प्रशिक्षण केन्द्र, कलवलगुडी झापा प्रदेश १लाई, जनकपुरमा रहेको ग्रामिण विकास प्रशिक्षण प्रदेश २ लाई, जावलाखेलमा रहेको महिला विकास प्रशिक्षण केन्द्र वाग्मती प्रदेशलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी पोखरा स्थित नगर विकास प्रशिक्षण केन्द्र गण्डकी प्रदेश, ग्रामिण विकास केन्द्र नेपालगञ्ज प्रदेश ५ ले पाएका छन भने महिला विकास केन्द्र विरेन्द्रनगर र ग्रामिण विकास केन्द्र पुन्न डोटी क्रमश कर्णाली र सुदुरपश्चिम सरकारले पाएका छन् ।
नेपाल सरकारबाट स्विकृत भई सञ्चालनमा रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम मार्फत प्रदेश तथा स्थानीय तहका जनशक्तिको क्षमता विकास कार्यक्रम यिनै संरचनाबाट हुने सरकारले जनाएको छ ।

प्रतिक्रिया