शनिबार, असोज २, २०७८

चीनका लागि नेपाली राजदूत पाण्डे विवादमा

ज्योतिन्यूज २०७७ असोज १३ गते २२:१४

१३ असोज, काठमाडौँ ।
चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेयले एक सञ्चार माध्यममा दिएको अन्तर्वार्ता विवादमा तानिएको छ । चाइचिज मिडिया ग्लोवल टाइम्समा उहाँले दिएको अन्तरवार्ताको केही टिकाटिप्पणीहरु कुटनीतिक मर्यादा विपरीत रहेको भन्दै विरोध भएको हो । चीनका लागि हालै नियुक्त नेपाली राजदुत महेन्द्र बहादुर पाण्डेले चीनसँगको सीमा विवाद नभएको बताउँदै अहिले मिडियामा आइरहेको विषय भारतको इसारामा प्रोपोगण्डा भइरहेको बताउनुभएको थियो ।

उहाँले दिएको त्यस प्रकारको अभिब्यक्तिको विरोध गर्दै नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद गगन कुमार थापाले पनि विरोध गर्नुभएको छ । मंगलवार एक ट्विट गर्दै उहाँले भन्नुभएको छ, –“चीनका लागि नेपाली राजदुतले ग्लोबल टाईम्समा दिनुभएको अन्तर्वार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित छ।” परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीलाई समेत मेन्सन गर्दै उहाँले थप्नुभयो, “प्रदिप ज्ञावली ज्यू, राजदुतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो? होईन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।”

एक देशको राजदुत भएर गएको मान्छेले अर्को देशको बारेमा बोल्ने कार्यलाई कुटनीतिक बृत्तमा गैरकुटनीतिक आचरणका रुपमा लिने गरिन्छ । नेपाली राजदुत पाण्डेको अभिव्यक्ति सोहि गैरकुटनीतिक प्रकृितको भएको र अर्को छिमेकी देशसँगको परम्परागत सम्वन्धलाई विगार्न खोजेको रुपमा हेरिएको छ।

प्रतिक्रिया