शुक्रबार, वैशाख ३१, २०७८

रुसले साढे दुई करोड डोज कोरोना भ्याक्सिन नेपाललाई दिने

ज्योतिन्यूज २०७७ असोज १४ गते ७:४६

१४ असोज, काठमाडौँ । रुसमा बनेको कोभिड १९ विरुद्धको खोप नेपाल ल्याइने भएको छ । रुसले २ करोड ५० लाख डोज खोप नेपाललाई दिने भएको हो ।

यससम्बन्धी रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने जनाउनुभएकोे छ ।

‘स्पुतनिक-५’ भ्याक्सिन नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, यूरोप र सीआईएसका ५० भन्दा बढी देशहरुलेसमेत माग गरेका दाबी गरिएको छ ।

त्यस्तै, यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन डोज, भारतसँग १०० मिलियन डोज र उज्बेकिस्तानसँग ३५ मिलियन डोज भ्याक्सिनको लागि सम्झौता गरिसकेको बताइएको छ ।

रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यस खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोरोनाविरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएको दाबी गरिएको छ ।

प्रतिक्रिया