शनिबार, मंसिर १८, २०७८

अमेरिकी राष्ट्रपति निर्वाचन: डोनाल्ड ट्रम्प र जो बिडेनको रोचक बहस

ज्योतिन्यूज २०७७ असोज १४ गते ८:०६

अमेरिकामा डोनाल्ड ट्रम्प र जो बिडेन बीचको राष्ट्रपति पदको लागि पहिलो बहस सुरु भएको छ ।

यस पटक कोरोना भाइरस संक्रमणको कारणले दुबैले हात भने मिलाएनन् ।

यो बहस क्लिभल्याण्ड, ओहायोमा भइरहेको छ । सामाजिक दूरीको नियमहरूको कारण, सीमित संख्यामा मानिसहरूलाई बहसमा प्रवेश गर्ने अनुमति दिइएको छ ।

डोनाल्ड ट्रम्प र जो बिडेन बीचको यो बहसअमेरिकी समाचार च्यानल फक्सका ७२ बर्षीय न्यूज एन्कर क्रिस वालेसले आयोजना गरेका हुन् ।

पत्रकारितामा राम्रो नाम चलेका वालेसको छवि उनका अन्य फक्स न्यूजका सहकर्मीहरू भन्दा बिलकुलै फरक रहेको छ ।

एकातिर, जहाँ धेरै फक्स न्यूजका पत्रकारहरुलाई राष्ट्रपति ट्रम्पप्रति झुकाव भएको आरोप लाग्दै आएको छ तर वालेसको छवि एकदम उल्टो छ ।

वालेसलाई गम्भीर र समझदार पत्रकारको रूपमा हेरिन्छ।

क्रिस वालेसले राष्ट्रपति पदको चुनाव बहस होस्ट गगरेको यो पहिलो पटक भने होइन । यस अघि, २०१६ मा, उनले यस्तै बहसको आयोजना गरिसकेका छन् । राष्ट्रपति पदको निर्वाचनमा बहसको आयोजना गर्ने वालेस फक्स न्यूजका पहिलो पत्रकार पनि हुन् ।

हालसालै उनले राष्ट्रपति ट्रम्पको पनि अन्तर्वार्ता लिएका थिए ।

जो बिडेनलाई पूर्व राष्ट्रपति बराक ओबामाको उपराष्ट्रपति भनेर राम्रोसँग चिनिन्छ । यद्यपि बिडेन १९७० को दशकदेखि अमेरिकी राजनीतिमा सक्रिय रहदै  आएका छन् ।

जति जति मतदानको दिन नजिकिंदै अएको छ उति उति निवार्चन सर्वेक्षण गर्ने त्यहाँका कम्पनीहरूले जनतालाई उनीहरूको मनपर्ने उम्मेदवारको बारेमा सोधेर वास्तविक नतीजा आउनु अघि उनीहरूको मनिस्थति बुझ्ने कोशिश गरिरहेका छन् ।

र हालसम्मको चुनावी सर्वेक्षणमा ट्रम्प आफ्ना प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बिडेन भन्दा पछाडि देखिएका छन् ।

 

प्रतिक्रिया