बुधबार, साउन २०, २०७८

डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी  

ज्योतिन्यूज २०७७ असोज १४ गते १३:०७

भक्तपुर, १३ असोज  ।

भक्तपुर नगरपालिका-१० कमलविनायक नगरकोट बसपार्क नजिकबाट डलर साटने भन्दै एक पुरुषको नगद ५ लाख रुपैयाँ मंगलबार बिहान ठगी भएको छ ।

सूर्यविनायक नगरपालिका-८ आदर्श बस्ने दोलखा जुगु गौरी शंकर घर भएका ३५ वर्षीय पुरुषलाई २ जना अपरिचित व्यक्तिले डलर साटने भनि कागजको विटो प्लाष्टिकमा राखी रुमालमा पोको पारी दिई पीडितसँग भएको नगद ५ लाख रुपैयाँ ठगी गरी फरार भएको बताइएको छ ।ठगीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया