सोमबार, फागुन १७, २०७७

गहृमन्त्रीले भने : ‘बलात्कारका घटनामा नेपाल धेरै पछि छ ‘

ज्योतिन्यूज २०७७ असोज १४ गते १५:३७

१४ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक नभएको बताउनुभएको छ । विश्वका १९५ देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उहाँले बताउनुभयो ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६-७ जना बलात्कारको घटना हुने गरेको स्वीकार गर्नुभयो । यद्यपि, यस्ता घटना न्यूनीकरण गर्न सरकारले अधिकतम प्रयत्न गरिरहेको उहाँले बताउनुभएको छ ।

अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको थापाले भनाइ थियो । तर, नेपालले आफ्नो स्थितिलाई बदल्न जरुरी छ भन्नेमा सरकार प्रष्ट रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया