बुधबार, कार्तिक ३, २०७८

एकैदिन थपिए १५५९ संक्रमित

ज्योतिन्यूज २०७७ असोज १४ गते १६:२४

१४ असोज, काठमाडौँ ।
बुधबार १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा १०५७ जना निको भएका छन् भने ७ जनाको निधन भएको छ ।
यस सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ७७ हजार ८१७ पुगेको छ भने निको हुनेहरुको संख्या ५६ हजार ४२८ तथा निधन हुनेहरुको संख्या ४९८ पुगेको छ ।
यस्तै क्वारेन्टीनमा रहेका हरुको संख्या ५४२८, आइसोलेसनमा रहेका हरुको संख्या २०८९१ रहेको छ ।

प्रतिक्रिया