बुधबार, वैशाख २९, २०७८

काठमाडौँमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ असोज १४ गते १६:३२

१४ असोज काठमाडौँ ।
काठमाडौँ उपत्यकामा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६९७ जना, भक्तपुरमा ९३ जना ललितपुरमा ११२ जनामा कोरोना संक्रमण देखिएको होे ।

केही हप्ता देखी काठमाडौँ उपत्यकामा संक्रमितको संख्या बढ्ने क्रम जारी छ । काठमाडौँ जिल्लामा बढी संक्रमित देखिने गरेकोमा अब फेरी ललितपुरमा पनि संक्रमण बढ्न थालेको छ । यस्तै बुधबार देशभर १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा १०५७ जना निको भएका छन् भने ७ जनाको निधन भएको छ ।

यस सँगै देशभर कोरोना संक्रमित हुनेहरुको संख्या ७७ हजार ८१७ पुगेको छ भने निको हुनेहरुको संख्या ५६ हजार ४२८ तथा निधन हुनेहरुको संख्या ४९८ पुगेको छ ।
यस्तै क्वारेन्टीनमा रहेका हरुको संख्या ५४२८, आइसोलेसनमा रहेका हरुको संख्या २०८९१ रहेको छ ।

प्रतिक्रिया