बिहीबार, मंसिर १६, २०७८

शुक्रवार थपिए ४४९९ जना कोरोना संक्रमित,उपत्यकामा २७२०

ज्योतिन्यूज २०७७ कार्तिक ७ गते १६:५३

काठमाडौं, ७ कात्तिक ।
शुक्रवार ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यो विवरण देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । आजसम्म ८२९ जनाको मृत्यु भएको र
हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएको छ भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।सबैभन्दा बढी कोभिड–१९  बाट संक्रमण  काठमाडौँमा  रहेको छ  ।

काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया