बिहीबार, असार १०, २०७८

‘कम्मरीदेखि कोभिड कहरसम्म’ सार्वजनिक

ज्योतिन्यूज २०७७ कार्तिक ७ गते २०:२१

चितवन, ७ कात्तिक ।
हाडजोर्नी, नशा र स्वास्थ्यसम्न्धी जानकारी दिने ध्येयले प्रा डा. कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘कम्मरीदेखि कोभिड कहरसम्म’ पुस्तक आज सार्वजनिक भएको छ । साहित्यकार गोविन्द विनोदीले सो पुस्तकको आज भरतपुरमा आयोपजित कार्यक्रममा विमोचन गर्नुभएको हो ।
डा. पौडेलको यो दोस्रो पुस्तक हो । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल र भरतपुर अस्पतालका अर्थोपेडिक विभागीय प्रमुख डा. श्रवणकुमार थापाले पुस्तकको समीक्षा गर्नुभएको थियो ।

प्रतिक्रिया