बिहीबार, असार १०, २०७८

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

ज्योतिन्यूज २०७७ कार्तिक ८ गते ६:४६

काठमाडौं, ८ कात्तिक ।

काठमाडौं महानगरपालिका-१४ रविभवनस्थित धादिङ धुनिवेशी नगरपालिका-४ घर भई हाल चन्द्रागिरी नगरपालिका-११ बस्ने ४० वर्षीया साबित्री बस्नेतको ४६ मोडिफिकेशन नेपाल नामक हेल्मेट पसलमा विजुली सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, ठोरी गाउँपालिका-३ ब्रहमनगर बस्ने कामी राम पाख्रिनको घरमा बिहीबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडाकुडा, लत्ताकपडा, फर्निचर लगायतका सरसामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया