मंगलबार, मंसिर २१, २०७८

सन्धिखर्कका नगर प्रमुख भुसाललाई पत्नीशोक

ज्योतिन्यूज २०७७ कार्तिक ८ गते २२:०४

अर्घाखाँची, ८ कात्तिक ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाललाई पत्नीशोक परेको छ । नेपाली कांग्रेसका पूर्वसभापति भुसालकी धर्मपत्नी मीनाको आज अपराह्न ४५ वर्षका उमेरमा निधन भएको हो ।
सन्धिखर्क –१ स्थित रविचित्र माध्यमिक विद्यालयकी शिक्षिका मीना डेढ वर्षदेखि अल्जाइमरलगायत रोगबाट पीडित हुनुहन्थ्यो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै गच्छेघाटमा दाहसंस्कार गरिएको छ । कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनालले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया