बिहीबार, असार १०, २०७८

रौतहटमा कांग्रेस र समाजबादी छोड्नेलाई प्रभु शाहले स्वागत गरे

ज्योतिन्यूज २०७७ कार्तिक ८ गते २३:००

रौतहट, ८ कार्तिक ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं -२ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु शाह आज रौतहट आउनु भएको छ ।आफ्नो जिल्ला र गृह नगरपालिका आएसंगै एवं जिल्लाको पश्चिम र उत्तरी भेगमा अवस्थित रहेको रौतहटको मौलापुर नगरपालिकामा आयोजित शुभकामना तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टीकका रितेश शर्मा , नेपाली काग्रेसका हरिन्द्र बैठा , सुरेश कुशवाह, छठु शाहलाई प्रभु शाहले टीका लगाइ नेकपा प्रबेश गराउनु भएको रौतहट जिल्ला सद्स्य नेकपाका युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो ।
मौलापुर नगरपालिकाको वडा नम्बर ७ पथरा बुधराममा शनिबार विजया दशमी , दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद एवं प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री प्रभु शाहको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्य मा. कुन्दन कुशवाह , कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह , मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह , नेकपा प्रदेश सदस्य मनोज यादव, प्रदेश सदस्य अमर साह , नेता चन्देश्वर वैठा पत्रकार , बुद्धिजिवी सुरक्षाकर्मी लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।
रौतहटबाट रामसरन यादव

प्रतिक्रिया