बिहीबार, मंसिर १६, २०७८

एकनाले भरुवा बन्दुक सहित पक्राउ

ज्योतिन्यूज २०७७ कार्तिक ९ गते १०:२७

स्याङ्जा, ८ कात्तिक ।

एकनाले भरुवा बन्दुक १ थान सहित विरुवा गाउँपालिका-२ बेसारेडाँडा बस्ने ५० वर्षीय तुल बहादुर गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको घरमा अवैध रुपमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले गुरुङको कोठा तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया