बिहीबार, असार १०, २०७८

कैलालीमा नदीमा डुबेर दुईको मृत्यु

ज्योतिन्यूज २०७७ कार्तिक ९ गते १९:४१

कैलाली, ९ कात्तिक ।
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया