बुधबार, असार ९, २०७८

कोलकातामाथि पन्जाबको शानदार जीत:आइपिएल

ज्योतिन्यूज २०७७ कार्तिक ११ गते ७:४६

एजेन्सी ११ कात्तिक ।
किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि जीत हात पारेको छ ।
गएराति शारजाहमा भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
पन्जाबको जितमा क्रिस गेल र मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका गेलले २९ बलमा ५१ रन बनाए । आईपीएलमा पन्जाबका लागि उनले १ हजार रन समेत पूरा गरेका छन् ।
कप्तान केएल राहुलले २८ रन बनाए, मन्दिप ६६ रनमा अविजित रहे भने। कोलकाताका लक्की वरुण र फर्गुसन चक्रवर्तीले १–१ विकेट लिए ।
पहिलोवारी टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
कोलकाताका लागि शुबमन गिलले ५७, कप्तान इयान मोर्गनले ४० रनको योगदान गरेका थिए । खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।यस्तै लक्की फर्गुसन २४ रनमा अविजित रहे ।
कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामीले ३ विकेट लिए भने रबि बिश्नोई र क्रिस जोर्डनले २–२ तथा ग्लेन म्याक्सवेल र मुरुगान आश्विनले १–१ विकेट हात पारे ।
यस जितसँगै पन्जाबले कोलकाताविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा कोलकाताले पन्जाबलाई २ रनले हराएको थियो ।
जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा उक्लिदै प्ले अफ सम्भावना बलियो बनाएको छ । पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ ।तर कोलकता भने समान खेलमा समान अंक भएपनि रनरेटले गर्दा पाँचौं स्थानमा झरेको छ ।

प्रतिक्रिया