शुक्रबार, माघ ७, २०७८

मेचीनगर प्रमुख कोरोना उपचारका लागि भारत

ज्योतिन्यूज २०७७ कार्तिक ११ गते २३:१७

झापा, ११ कात्तिक ।
मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ । कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उहाँ केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।
मधुमेहका बिरामी उहाँलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।

प्रतिक्रिया