शनिबार, मंसिर १८, २०७८

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द कार्तिक १९ गते नेपाल आउने

ज्योतिन्यूज २०७७ कार्तिक १२ गते ६:२८

काठमाडौं १२ कार्तिक ।

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द (एमएम ) नरवणेले कार्तिक १९ गते नेपाल भ्रमण गर्ने भएका छन् । प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवाणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति प्रकाशित जनाएको छ।

सेनाध्यक्ष नरवणेको तीन दिवसीय भ्रमणका बेला सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी थापासँग छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
नेपाली र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथि दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया