शुक्रबार, माघ ७, २०७८

सनराइजर्स हैदरावादसंग दिल्ली क्यापिटल्सले ८८ रनले हार्यो

ज्योतिन्यूज २०७७ कार्तिक १२ गते ६:५९

काठमाडौं,१२ कात्तिक ।

आईपीएल (इन्डियन प्रिमियर लिग) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पछाडी परेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो ।
दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाए ।

हैदरावादका लागि राशिद खानले चार ओभरमा केबल सात रन दिएर तीन विकेट लिए । टी. नटराजन र सन्दीप शर्माले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो । ४५ बलमा ८७ रन बनाएका ऋद्धिमान साह म्यान अफ द म्याच बने। डेभिड वार्नर ६६ रन बनाए , मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे ।

यो पाँचौ जितसँगै हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । दिल्लीको यो पाँचौ हार हो । दिल्लीले लगातार तीन खेलमा जित निकाल्न सकेन । दिल्ली अंक तालिकामा तेस्रो नम्बरमा छ भने हैदरावाद छटौं नम्बरमा छ ।

प्रतिक्रिया