शुक्रबार, माघ ७, २०७८

गुल्मीमा जुवा खेल्ने वडाअध्यक्षसहित १२ जना पक्राउ

ज्योतिन्यूज २०७७ कार्तिक १२ गते ८:४३

१२ कार्तिक, तम्घास । गुल्मीमा जुवाको खालबाटै वडा अध्यक्ष सहित १२ जना जुवाडे पक्राउ परेका छन्।

युवा संघ गुल्मीका संयोजक समेत रहेका रेसुङगा नगरपालिका वडा नं। ७ का वडाध्यक्ष मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको हो।

उनीहरुलाई तम्घास स्थित एभरग्रीन होटलबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया