बिहीबार, असोज ७, २०७८

२०२२ का लागि अक्टुवर ७ देखि डिभि भर्न सकिने

ज्योतिन्यूज २०७७ असोज १५ गते ७:५९

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको अमेरिकामा पनि ठूलो असर परिरहेको, कोरोनाकै कारण २ लाख भन्दा बढी मानिसले ज्यान गुमाइ सकेका र त्यहाँको अर्थतन्त्रमा समेत निकै नकारात्मक असर परिरहेको अवस्थामा विगतका वर्षहरुमा जस्तै अमेरिकाले यो वर्ष पनि डि भि चिठ्ठामार्फत अमेरिका जान पाउने डिभि लटरी भर्न आवेदन खुल्ला गर्ने भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको अमेरिकामा पनि ठूलो असर परिरहेको, कोरोनाकै कारण २ लाख भन्दा बढी मानिसले ज्यान गुमाइ सकेका र त्यहाँको अर्थतन्त्रमा समेत निकै नकारात्मक असर परिरहेको अवस्थामा विगतका वर्षहरुमा जस्तै अमेरिकाले यो वर्ष पनि डि भि चिठ्ठामार्फत अमेरिका जान पाउने डिभि लटरी भर्न आवेदन खुल्ला गर्ने भएको छ ।  यही डिभि लटरीमार्फत हरेक वर्ष विश्वभरबाट करिव ५० हजार मानिस अमेरिका जाने गरेका छन् । यो चिठ्ठा परेर अमेरिका जाने जुनसुकै देशको नागरिकले निश्चित अवधीपछि अमेरिकी नागरिक सरहको मान्यता पाउँछन् । त्यसैले नेपालमा युवा मात्र होइन उच्च तहका कर्मचारी, नेता तथा प्रतिष्ठित व्यापारी समेत डिभि भर्न लालायित हुने गरेको पाइन्छ ।

२०२२ मा अमेरिका जान चाहनेहरुले यही अक्टुवर ७ तारिखदेखि अनलाईन फारम भर्न सकिने भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ७ अक्टुवर अपरान्ह १२ बजेदेखी १० नेभेम्बर अपरान्ह १२ बजेसम्म डिभि भर्न सकिने छ । डिभि एकजनाले एकपटक मात्र भर्न सकिने छ ।

अमेरिकी सरकारको वेवसाइटमा गएर सिधै डिभी भर्न सकिने र त्यसका लागि कुनै शुल्क लाग्ने छैन । यो वेवसाइटमार्फत डिभी भर्न एकदमै सहज रहेको हुनाले भिसा कन्सुलेट वा भिसा एजेन्टविना आफैले डिभी लोटरीको फर्म भर्न पनि अमेरिकी सरकारले सुझाव दिएको छ ।

धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न अग्रह गर्दै ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिकले भने यो डिभि भर्न पाउने छैनन् ।

डि.भी भर्न याे  लिकंमा  क्लिक गर्नुहाेलाः https://dvprogram.state.gov/

प्रतिक्रिया