शुक्रबार, वैशाख १०, २०७८

ओलीले खतिवडालाई काखी च्याप्दा नेकपामा फेरी भाँडभैलो

ज्योतिन्यूज २०७७ असोज १५ गते १४:४९

१५ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केही मान्छेहरुलाई काखी च्याप्ने तर अरुलाई हेर्दै नहेर्ने प्रवृतिले नेकपा भित्रमा फेरी भाँडभैला मच्चिएको छ । विहिबार पार्टीमा सल्लाह नै नगरी विभिन्न नियुक्ती गरिए सँगै नेकपामा फेरी विवाद बढ्न थालेको हो ।

ओलीले हरेक राजनीतिक नियुक्तीहरु आफ्नो अनुकुलतामा गर्ने गरेका छन् । यस अघि पार्टीको बैठकमा नियुक्ती गर्ने समयमा सचिवालयमा सल्लाह गर्ने सहमति भएको थियो । तर त्यही निर्णयलाई ओलीले उल्टाइदिएपछि भाँडभैलो मच्चिएको हो ।

केही हप्ता अघि अर्थमन्त्रीबाट बाहिरिएका डा. युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकारको बनाएको २ हप्ता नवित्दै फेरी अमेरिकाको राजदूतमा नियुक्ती दिनुले पार्टी सचिवालय र स्थायी कमिटिका नेताहरुलाई पिरोलेको छ ।

बेलायतमा निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई र खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने विषयमा पार्टीमा कुनै पनि छलफल नभएको नेकपाका एक नेताले बताए ।

यस विषयमा प्रधानमन्त्रीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि कुनै छलफल नगरेको प्रचण्ड निकट एक स्थायी समिति सदस्यले बताए । उनका अनुसार रेग्मीको विषयमा प्रचण्ड सकारात्मक भएतापनि खतिवडाको विषयमा भने उनी पहिल्लैबाट सकारात्मक छैनन् ।

यसरी पार्टीभित्रको सहमति विना नै एकै ब्यक्तिलाई पटक पटक नियुक्त दिइनुले पार्टीमा लामो समयदेखी दुःख गरेका ब्यक्तिलाई पर्नुसम्मको पीर परेको छ ।

नाम नबताउने सर्तमा नेकपामा एक नेताले भने, “पार्टी सचिवालयमा सरसल्लाह गरेर नै राजनीतिक नियुक्ती दिने सहमति भएको हो, तर प्रधानमन्त्रीले पार्टी भित्रको त कुरै छोडौ, अर्का अध्यक्ष प्रचण्डलाई पनि सोध्नुभएनँ।” ।

खतिवडा गत फागुन भदौ २० गते मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका थिए ।

त्यस अघि राष्ट्र बैंकको गभर्नर रहेका उनी प्रधानमन्त्रीको प्यारो भएकै कारण राष्ट्रिय सभामा नियुक्ती पाएका हुन् । त्यसपछि पनि ओलीकै सामिप्यताका कारण उनी अर्थमन्त्री भए । युवराज मात्र नभएर प्रधानमन्त्रीले ७० करोड काण्डमा मुछिएका गोकुल बास्कोटालाई पनि उस्तै गरी काखी च्याँप्ने गरेका छन् ।

केही नेताहरुले अहिलेको अवस्थामा बास्कोटालाई डि फ्याक्टो प्रधानमन्त्रीको रुपमा सरकार चलाइरहेको पनि बताउने गरेका छन् । उनको हाल अख्तियामा मुद्धा चलिरहेको छ । ओलीले बास्कोटालाई अख्तियारबाट मुद्धा टुँगो नलाग्दै मन्त्रि बनाउन चाहेको उनी निकटका अर्का एक नेताले अनौपचारिक रुपमा बताउने गरेका छन् ।

प्रतिक्रिया