बुधबार, असार ९, २०७८

काठमाडौँमा ९४३ जनामा कोरोना संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ असोज १५ गते १६:२८

१५ असोज, काठमाडौँ ।
विहिबार काठमाडौँका ९४३  जनामा कोभिड १९ पुष्टि भएको छ । काठमाडौँ जिल्लामा ८१७ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ५८ तथा ललितपुरमा ६८ जनामा कोरोना देखिएको हो ।
यस्तै नेपालमा विहिबार १९११ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ४४४ नमुना परिक्षण गर्दा सो मात्रामा कोरोना बिरामी थपिएको पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । यसैगरी गत २४ घण्टामा ९६१ जना निको भएसँगै डिस्चार्ज हुनेहरुको संख्या ५७ हजार ३८९ पुगेको छ । त्यसैगरी निधन हुनहरुको संख्या पनि ५०९ पुगेको छ ।

प्रतिक्रिया