मंगलबार, असार ८, २०७८

बाबुद्वारा १२ बर्षिय छोरी बलात्कार

ज्योतिन्यूज २०७७ असोज १५ गते १९:४५

डोटी, १५ असोज – जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो । घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले दिनुभयो ।

अभियुक्त विकलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ ।

प्रतिक्रिया