आइतबार, जेठ २, २०७८

लाखौंको रहरबाली नष्ट

ज्योतिन्यूज २०७७ असोज १५ गते २३:३९

जलेश्वर, १५ असोज ।
अबिरल वर्षाको पानीले डुबानमा पर्दा महोत्तरीका दुई सयभन्दा बढी बिघामा लगाइएको रहर (दाल) बाली नष्ट भएको छ ।
जिल्लाको सबैभन्दा होचो भूभागमा पर्ने सदरमुकाम जलेश्वर नगरपालिका र आसपासका खेतबारी वर्षाको पानीले डुबानमा पारेपछि लाखौंको रहरबाली नष्ट भएका हुन् । रहरबाली नष्ट हुँदा यस क्षेत्रका किसान चिन्तित भएका छन् । “खेतमा वर्षाको पानी पसेर रहरको बोट सुकेर नष्ट भएको छ”, जलेश्वर नगरपालिका–.८ का किसान रामबाबु चौधरीले भन्नुभयो, “ वर्षाको पानीले खेतबारी डुवान हुँदा यस क्षेत्रमा लाखौं मूल्य बराबरको रहरबाली नष्ट भएको छ ।”

धान खेतीको आली र उचो भागको खेतमा लगाइएको रहरबाली पानी पसेर सबै बोट सुकेको र यसबाट लाखौंको क्षति भएको जलेश्वर नगरपालिका–६ का किसान आलम राईनको भनाइ छ । रहरबालीमा पानी लागेपछि तुरुन्तै बोट सुकेर नष्ट हुने गर्छन् । यो वर्ष जलेश्वर र आसपासका करीब दुई सय बिघामा लगाइएको रहरबाली नष्ट हुँदा लाखौंको क्षति भएको जलेश्वर नगरपालिका–.२ का किसान रामविलास महतोले बताउनुभयो ।

प्रतिक्रिया