शनिबार, असोज ९, २०७८

अर्घाखाँचीका प्रजिअसहित सातलाई कोरोना सङ्क्रमण पुष्टी

ज्योतिन्यूज २०७७ असोज १६ गते २०:२४

१६ असो, सन्धिखर्क । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ कार्यालयका सूचना अधिकारी विजय बराललाई कोरोना देखिएको हो ।

उहाँहरुसहित एक सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिनुभयो । यही असोज ६ गते परेको अबिरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद् व्यवस्थापन उद्वार राहत र पुनःस्थापनामा खटिएकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारीलगायत १० जनाको स्वाब गुल्मी प्रयोगशालामा पठाइएकामा सात जनामा कोरोना देखिएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया