बुधबार, असार ९, २०७८

अवैध लागूऔषध सहित भक्तपूरबाट एक पक्राउ

ज्योतिन्यूज २०७७ असोज १६ गते २१:२२

काठमाडौं, १६ असोज
भक्तपुर नगरपालिका-२ ब्यासी कालीघाट बस्ने ३१ वर्षीय श्याम कृष्ण लासिवालाई करिब २ सय ८५ ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लासिवाको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१ पुरानो बजारबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँमा डेरा गरी बस्ने २३ वर्षीय गणेश राउत र सोही उपमहानगरपालिका-९ रोहिणी मार्ग बस्ने ४३ वर्षीय निरज भट्टराई रहेका छन् । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राउतको कोठाबाट नियन्त्रित लागूऔषध १७ बोतल डाइलेक्स डिसी, २ सय ४० क्याप्सुल स्पामो टोक्सिभन र भट्टराईको घरबाट ४ वट्टा नाईट्रोजन क्याप्सुल, ३ बोतल डाइलेक्स डिसी, ६६ क्याप्सुल स्पामो र नगद ९७ हजार रुपैयाँ सहित दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया