शनिबार, वैशाख ४, २०७८

“दसैँको नयाँ आर्शिवाद: युवराज खतिवडा भएस् !”

ज्योतिन्यूज २०७७ असोज १६ गते २३:२८

काठमाडौँ , १६ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेसँगै विभिन्न किसिमका टीकाटिप्पणी सामाजिक सञ्जालमा आइरहेका छन् । राजतन्त्र देखि गणतन्त्रसम्म आधा दर्जन सरकारी पदमा आसिन भएका खतिवडाले कहिँ कतै पनि अविस्मरणीय छाप छोड्न सकेका छैनन् । तर प्रधानमन्त्री ओलीकै प्यारो भएको कारण उनलाई पदमाथि पदको चिठ्ठा हातलागि भइरहेको छ । जसको कारण उनी यतिबेला सामाजिक सञ्जालमा चर्चित छन् ।
दशैँ नजिकिदै छ । दशैँमा मान्यजनबाट आशिर्वाद दिइन्छ । यही अवस्थामा आउने दशैँमा युवराज खतिवडा भएस् भनेर आशिर्वाद दिए हुन्छ भनेर धेरैले व्यंग्य गरेका छन् ।
एक जना फेसबुक प्रयोग कर्ताले लेखेका छन्, – “दसैँको नयाँ आर्शिवाद: युवराज खतिवडा भएस् !”
खतिवडा राजदूतका लागि सिफारिस भएपछि व्यङ्ग्यले सामाजिक सञ्जाल रंगिएको छ ।
अर्का फेसबुक प्रयोगकर्ताले भनेका छन्,– “गणतन्त्रका युबराजले भ्रष्टाचार कति गरे होलान भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनी जे चाहन्छन त्यो तुरुन्तै किन्न सक्दछन् ।”
अर्का एक जनाको प्रतिक्रिया छ, – “पदजति फेरि फेरि आसेपासेलाइ मात्रै बाँकी नेकपाका त्यागी र निष्ठाबान कार्यकर्ताहरु चाहिँ थपडी मार्न र प्रतिरक्षा गर्न मात्रै हुन् कि क्या हो ?”
सामाजिक सञ्जालमा डा. खतिवडाको सिफारिसलाई कुलमान घिसिङले विद्युत प्राधिकरणमा पुनः नियुक्ति नपाएको विषयसँग जोडिएको छ भने अब अमेरिकाको राजदूत भएर फर्किएपछि उनलाई नेपाली क्रिकेट टोलीको कप्तान र पशुपतिनाथ मन्दिरको मूल भट्ट नियुक्त गर्न माग गर्दै व्यङ्ग्यसमेत गरिएको छ ।
जनताले अहिले विद्युत प्राधिकरणको प्रमुख या अन्य कुनै सार्वजनिक पदमा कुलमान घिसिङको आगमन खोजेका छन् । तर लाखौ जनताको यति ठूलो जनमतलाई सरकारले सुनेको छैन । नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड कुलमानलाई नियुक्ती दिनमा सकारात्मक नै छन् । तर प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीले उनलाई चाहेका छैनन् । यसकारण पनि उनलाई सामाजिक सञ्जालमा व्यँग्य गरेका छन् । कतिले लेखेका छन्– “ओलीले फेरी उस्तै अध्यारो चहान्छन् , किनकी उज्यालोमा सुत्न खोज्दा उनलाई निद्रा पर्दैन ।”
यो कुराबाट के पनि प्रष्ट छ भने, आफूले चाहेको ब्यक्तिलाई छ सात ठाँउमा पद दिन सक्ने ओली राम्रो काम गरी उच्च छवि बनाएका कुलमानलाई नियुक्ती दिन रुचाएका छैनन, जसले सरकार प्रतिको जनआक्रोश बढीरहेको छ र उनको सत्ताको भविष्य माथि पनि अफ्ठ्यारो छ ।

प्रतिक्रिया