शनिबार, असोज ९, २०७८

देशभर दैनिक संक्रमणको नयाँ कीर्तिमान कायम, कुन जिल्लामा कति संक्रमित थपिए

ज्योतिन्यूज २०७७ असोज १६ गते २३:३८

काठमाडौँ , १६ असोज । शुक्रवार नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमण देखिएको छ । आज २ हजार ७ सय २२ विरामीहरु थपिएका छन् । जुन हाल सम्म कै धेरै संक्रमित संख्या हो । यस अघि अधिकतम २०२० जना दैनिक संक्रमण संख्या थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ७ जना निको भइ घर गएका छन् । यसैगरी यस अवधिमा ११ जनाको निधन भएको छ ।
यसैगरी कोरोनाको हटस्पट बनेको उपत्यकामा शुक्रवार १६३८ जनामा कोरोना देखिएको छ । काठमाडौँ जिल्लामा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा कोरोना देखिएकोे हो । यो सँख्या हालसम्मकै अत्याधिक हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ भने निको हुनेहरुको संख्या ६० हजार ६९६ पुगेको छ । त्यसैगरी ५२० जनाले यस भाइरसको कारण ज्यान गुमाएका छन् । हालसम्म १० लाख ४८ हजार ६८६ नमुना परिक्षण गरिएको छ भने ४८८५ जना क्वारेन्टीनमा रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ । हेरौ कुन जिल्लामा कति संक्रमित थपिए ।

प्रतिक्रिया