शनिवार थपिए २ हजार १२० संक्रमित, काठमाडौँमा ११७७
ज्योतिन्यूज
२०७७ असोज १७ गते १६:२३
१७ असोज, काठमाडौँ । शनिवार नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९७८ नमुना परिक्षणमा २१२० जना संक्रमित देखिएका हुन् । यस अवधिमा काठमाडौँ जिल्लामा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना देखिएकोे छ । तीन जिल्लामा गरी उपत्यकामा १ हजार १ सय ७७ जना नया संक्रमित थपिएका हुन् । वितेको २४ घण्टामा २ हजार ४४ जना निको भएका छन् यो सँगै ६२ हजार ७७० जना निको भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया