शनिबार, असोज ९, २०७८

भारतद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र ‘शौर्य’ को सफल परीक्षण

ज्योतिन्यूज २०७७ असोज १७ गते १९:४४

काठमाडौँ  १७ असोज ।

एजेन्सी । भारतले शनिबार डिशा राज्यको बालासोरमा आणविक शक्तिद्वारा संचालित ब्यालिस्टिक क्षेप्यास्त्र शौर्यको सफलतापूर्वक परीक्षण गरेकोछ 

रक्षा मन्त्रालयका स्रोतहरूको उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले लेखेको छ कि यो नयाँ मिसाइलले करिब एक हजार किलोमिटर टाढा रहेको लक्ष्यमा प्रहार गर्न सक्छ ।

भारतले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखामा चीनसँगको उसको सीमा विवाद जारी रहेको समयमा शौर्य नामक नयाँ मिसाइल परीक्षण गरेको छ ।

यो नयाँ मिसाइल पहिले भन्दा सञ्चालन गर्न हल्का र सजीलो रहेको बताइएको छ । शौर्य मिसाइल जमिनबाट जमिनमा प्रहार गर्ने मिसाइल हो । यस मिसाइलले २०० किलोदेखि एक हजार किलोसम्म आणविक पेलोड बोकेर लैजान सक्छ ।

भारतको रक्षा मन्त्रालयका अधिकारीहरूले यो परीक्षणको सफलताको प्रशंशा गर्दै मिसाइलले अपेक्षा गरे अनुरूप नै प्रदर्शन गरेको बताएका छन् । उनीहरूका अनुसार बंगालको खाडीमा परीक्षणको लागी जुन लक्ष्य निर्धारित गरिएको थियो त्यसलाई  उसले एकदम सटिक निशाना बनाएको थियो ।

डीआरडीओ अधिकारीहरूले शौर्य मिसाइललाई विश्वको १० सर्वश्रेष्ठ मिसाइल मध्ये एक बताउँदै नयाँ मिसाइलले करिब एक हजार किलोमिटर टाढा रहेको निशानामा सजिलै प्रहार गर्न सक्ने बताएका छन् ।

“शौर्य मिसाइलको गति अन्य मिसाइलको भन्दा धेरै छिटो रहेकोले अन्तरिक्षमा रहेको उपग्रह इमेजिंगको माध्यमबाट पनि यसलार्इ कब्जा गर्न नसकिने त्यहाँको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

प्रतिक्रिया