शनिबार, साउन १६, २०७८

जेम्स बान्डको नयाँ फिल्म आगामी अप्रिलमा मात्र रिलिज हुने

ज्योतिन्यूज २०७७ असोज १७ गते २०:२८

जेम्स बान्ड फिल्म श्रृंखलाको नयाँ फिल्म ‘नो टाइम टु डाई’ रिलीज मिति फेरि सारिएको छ ।

यो फिल्म अप्रिलमा रिलिज गर्ने भनिएकोमा विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएपछि नोभेम्बरमा मात्र रिलिज गर्ने गरि मिति सारिएको थियो । तर कोरोना महामारीले लामो समय लिने देखिएपछि अव नोभेम्बरको सट्टा २ अप्रिल २०२१ मा मात्र रिलिज गरिने भएको छ।

रिलिज गर्ने समय पटक पटक सारिएपछि फिल्मको वेबसाइटमा यस्तो लेखिएको छ, “हामी बुझ्दछौं कि यस ढिलाइले प्रशंसक निराश हुनेछन् तर ‘नो टाईम टु डाई’ अब अर्को वर्ष तोकिएकै समयमा रिलीज हुनेछ ।”

जेम्स बान्ड सीरिजको अन्तिम फिल्म “स्पेक्टर” २०१५ मा रिलीज भएको थियो । जसले विश्वव्यापी बक्स अफिसमा ९०० मिलियन डलर कमाएको थियो ।

श्रोतः विविसी

 

प्रतिक्रिया