बुधबार, असार ९, २०७८

सांसद गगन थापालाई कोरोना संक्रमण

ज्योतिन्यूज २०७७ असोज १७ गते २२:०८

१७ असोज, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ । असोज १५ गते पार्टी कार्यालयमा भएको परिक्षणको नतिजा शनिवार आएसँगै कोरोना पोजेटिभ देखिएको थापाले बताउनुभएको छ ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका उहाँले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफु संक्रमित भएको र अवस्था सामान्य भएको बताउनुभयो । त्यसैगरी उहाँले आफुुसँग सम्पर्कमा आएका हरुलाई सचेत रहन र कुनै स्वास्थ्य समस्या परेको खण्डमा स्वास्थ्यकर्मीकहाँ सम्पर्क गर्न समेत आग्रह गर्नुभयो । उहाँ अहिले घरमै आइसोलेसनमा रहनुभएको छ । यसबारे जानकारी दिदै उहाँले फेसबुकमा लेख्नुभएको छ ।– ‘असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’

प्रतिक्रिया