शुक्रबार, असार ११, २०७८

मुन्द्रेको कमेडी क्लबबाट दिपाश्रीलाई हटाइयो

ज्योतिन्यूज २०७७ असोज १८ गते १२:३५

काठमाडौं। चर्चित टेलिभिजन कार्यक्रम मुन्द्रेको कमेडी क्लबको अध्यक्षको भुमिका निभाउने कलाकार दिपाश्री निरौलालाई हटाइएको छ ।

केही समय अघि महानायक राजेश हमालको विषयमा उनले दिएको अभिब्यक्तिको व्यापक विरोध भएको थियो । जसको कारण उनले माफी समेत माग्ने स्थिती आयो । मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ ।

उनको स्थानमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याइएको। अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् ।

दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा करिश्मालाई देख्न पाईने भएको छ । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । कोरोना कहरका कारण उक्त सो लामो समय स्थगित् गरिएको थियो । अब आउने नया कार्यक्रम श्रृङखलामा दिपाश्री आउने छैनन् ।

प्रतिक्रिया