शुक्रबार, वैशाख १०, २०७८

राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवल आन्दोलनको राँको

ज्योतिन्यूज २०७७ असोज १८ गते १२:४७

बुटवल, असोज १८ । प्रदेश ५ को राजधानी दाङको देउखुरी लैजाने प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएपछि त्यसको विरोधमा आईतवार बुटवलमा प्रदर्शन भएको छ । रुपन्देही जिल्लामा रहेका व्यावसायीक संघ संस्थाहरुको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा प्रदेश राजधानी सार्न पाईँदैन, बुटवलमा स्थायी राजधानी कायम गर जस्ता नारा लगाइएको थियो ।
विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल,  पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, मणिमुकुन्द उद्यानका अध्यक्ष खेम लुईटेल लगायतले रुपन्देही राजधानी बहुसंख्यक जनताको हितमा रहेको र बुटवल राजधानी हुँदा यस क्षेत्रलाई मात्रै नभएर सबैलाई पायक पनि पर्ने भएकाले बुटवलको बिकल्प नभएको बताउनु भएको थियो ।

प्रतिक्रिया