आइतबार, चैत २९, २०७७

आइतवार २ हजार २ सय ५३ जनामा कोेरोना संक्रमण पुष्टि

ज्योतिन्यूज २०७७ असोज १८ गते १६:२३

१८ असोज, काठमाडौँ । आइतवार नेपालमा कोरोनाभाइरसको २ हजार २ सय ५३ जना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ४८४ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु देखिएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ८६ हजार ८२३ पुगेको छ भने निको हुनेहरुको संख्या ६४ हजार ६९ पुगेकोे छ । यस्तै वितेको २४ घण्टामा १३२९ जना निको भई घर गएका छन् । हाल २२ हजार २१९ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया