बिहीबार, असार १०, २०७८

काठमाडौँमा भेटिए १५९९ संक्रमित

ज्योतिन्यूज २०७७ असोज १८ गते १६:२८

१८ असोज, काठमाडौँ । आइतवार काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना संक्रमित फेला परेका छन् । १३७३ जना काठमाडौँ जिल्लामा , भक्तपुरमा ३९ तथा ललितपुरमा १८७ जनामा कोरोना देखिएको हो ।
यसैगरी आज नेपालमा कोरोनाभाइरसको २ हजार २ सय ५३ जना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ४८४ नमुना परिक्षण गर्दा सो मात्रामा संक्रमितहरु देखिएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ८६ हजार ८२३ पुगेको छ भने निको हुनेहरुको संख्या ६४ हजार ६९ पुगेकोे छ । यस्तै वितेको २४ घण्टामा १३२९ जना निको भई घर गएका छन् । हाल २२ हजार २१९ जना संक्रिय संक्रमित रहेका छन् । यस अवधिमा ७ जनाको निधन भएसँगै नेपालमा निधन हुनेहरुको संख्या ५३५ पुगेको छ ।

प्रतिक्रिया