भारतीय अभिनेत्री तमन्नालाई कोरोना संक्रमण
ज्योतिन्यूज
२०७७ असोज १९ गते ९:२३
१९ असोज, काठमाडौँ । बलिउड तथा साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ ।
केहि समय अघि आफ्ना परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि अभिनेत्री तमन्नालाई पनि कोरोना पुष्टि भएको हो ।
बाहुबली फिल्मकी अभिनेत्री तमन्ना संक्रमित भएपछि उनलाई हैदरावादस्थित अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस अघि उनका माता पितासहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको थियो ।
बलिउडका थुप्रै स्टारहरुमा कोरोनाले संक्रमण गराएको छ । केही समय पहिले अमिताभ बच्चनको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया