आइतबार, जेठ २, २०७८

यस्तो छ सानिमा बैंकको दशैँ धमाका योजना

ज्योतिन्यूज २०७७ असोज १९ गते १२:३८

१९ असोज, काठमाडौँ । सानिमा बैंकले नेपालीहरुको महान पर्व बडादशैको अवसरमा ग्राहकहरुलाई छुट सहितको ‘दशैं धमाका’ योजना ल्याएको छ। अनलाइन बजार दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान किन्दा विशेष छुट पाउने भएका हुन्।

यो योजनाअन्तर्गत दराजबाट लिएका सामानको भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय सम्मको छुट पाउँछन्। यसैगरी सस्तो ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि दिइनेछ। योजना अवधिभर सहभागीले ‘फस्ट कम फस्ट सर्भ’को आधारमा छुट पाउछन्। यो योजना सोमबारदेखि कात्तिक २ गतेसम्म लागू हुने बैंकको भनाइ छ। बैंकको हालसम्म ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा छन्।

प्रतिक्रिया